निर्बाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एबम प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी दिगो कृषि विकासको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने रणनीतिका साथ एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्यूठानका निम्न उद्देश्यहरु प्राप्तिका लागि क्रियाशील रहेको छ । 

  • कृषि विकास, पशुपन्छी तथा मत्स्य विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राखी कृषकहरुलाई विभिन्न कृषि तथा पशु जन्य वस्तुहरुः खाद्यान्न, दलहन, तेलहन, फलफूल, ताजा तरकारी, मह, च्याउ, अलैंची, अदुवा, आलु, आदिको उत्पादन साथै बाख्रा, कुखुरा, गाई, भैसी, बंगुर, माछा पालन सम्बन्धि उन्नत प्रविधिको दिगो रुपमा अनुशरण गर्ने तर्फ अभिप्रेरित गर्ने । 
  • कृषि तथा पशु जन्य वस्तुहरुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याई कृषकहरुको जीवनस्तर उकास्दै गरिबी निवारणमा सहयोग पुर्याउने र जिल्लालाई आत्मनिर्भर गराउँदै आयात प्रतिस्थापन एवं निर्यात प्रवर्द्धनमा सहयोग पुरयाउने । 
  • कृषि तथा पशु जन्य उत्पादनको संरक्षण, प्रशोधन तथा उपयुक्त बजार व्यवस्थामा टेवा पु¥याई वितरण प्रणालीमा सुधार ल्याउने
  • राष्ट्रिय र स्थानीय महत्वका बालीहरुको स्थानीय सम्भाव्यताको आधारमा बजारमुखी कृषिजन्य वस्तुहरुको उत्पादनतर्फ कृषकलाई प्रेरित गर्ने । 
  • दिगो कृषि उत्पादनलाइृ अनुसरण गर्दै कृषकहरुलाई आयमूलक एंव थप रोजगारीको अवसर सिर्जना गर्ने 
  • उन्नत पशुपालन एंव कृषि प्रविधिको प्रचार–प्रसार, प्रर्दशन, पूवद्र्धन बारे कृषकहरुलाई जानकारी गराउने ।
  • पशुधन संरक्षण एंव सुरक्षणका लागि विभिन्न रोग विरुद्ध खोप, रोग निदान सेवा, बाह्य तथा आन्तरिक परजिवि तथा उपचार सेवा कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्दै संक्रामक रोग नियन्त्रण गरी उत्पादकत्व बढाउने । 
  • उन्नत घाँस खेती, जडिबुट खेती, करार खेती लगायत चक्लाबन्दी लाई बढावा दिदैं भुमिहिनलाई समेत व्यवसायिक कृषि कर्म तर्फ आकर्षण गर्ने । 
  • High Valued Commodity किवि, अलैंची, स्ट्रबेरी लगायतका नयाँ प्रविधि भित्राई जिवनस्तर उकास्नुका साथै पशुजन्य पदार्थहरु दुध, मासु, फूल उत्पादनमा वृद्धि गर्न गरी पोषण सुधार गर्ने ।
  • जीउन र जीवन धान्न होईन व्यवसायिकताको लागि कृषि विकास भन्ने मूल मन्त्रका साथ कार्यक्रमहरु अगाडि बढाइने छ ।