हाम्रो बारेमा
समुन्द्री सतहबाट ३०५ देखि ३६५९ मीटरको उचाईमा अवस्थित प्यूठान जिल्लाको सदरमुकाम भने १२८० मिटरको उचाईमा रहेको छ । जम्मा १३०९ वर्ग कि.मी. क्षेत्रफलमा अवस्थित यस जिल्ला पुर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा तथा दक्षिणमा अर्घाखाँची र दाङ जिल्लाले घेरेको छ । २ नगरपालीका र ७ गाउँपालीका गरी जम्मा ९ वटा स्थानिय तह रहेको यस जिल्ला तराई, मध्यपहाड र उच्च पहाडको प्रतिनिधित्व गरेको छ । माण्डवी र झिम्रुक नदीले सिंचित समथर फाँट, गौमुखी र ऐरावति लगायत प्रसिद्ध धार्मिक पर्यटकिय स्थल एंव स्वर्गद्धारी प्यूठानको पहिचानको रुपमा रहेका स्थान हुन ।